HN Neupane (Himal Neupane)

"नवनिर्मित प्रशासनिक भवनको उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज उदघाटन गर्ने"

अछामको पञ्चदेवल विनायक नगरपालिकामा आफ्नै प्रशासनिक भवनबाट सोमबारदेखि सेवा प्रवाह हुने भएको छ। नवनिर्मित प्रशासनिक भवनको उप-प्रधान तथा शहरी विकास मन्त्री "प्रकाशमान सिंह"ले आज उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ । 


नवनिर्मित भवन साथै सिंहले आजै अछाम दरबारको पनि उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रममा पहिला अछाम दरबारको उद्घाटन गर्ने र पछि पञ्चदेवल बिनायक नगरपालिकाको प्रशासनिक भवनको उदघाटन गर्ने भएका छन् ।