HN Neupane (Himal Neupane)

कलेजोको गम्भीर समस्या भोगिरहेका नयाँराम आउजीको उपचारका लागि सहयोग अपिल

अछाम: पञ्चदेवल विनायक नगरपालिका–२ का स्थायी बासिन्दा तथा सोही वडाको कार्यालयमा कार्यरत आदरणीय नयाँराम आउजी हाल कलेजोमा गम्भीर समस्या उत्पन्न भएपछि काठमाडौंस्थित Green City Hospital मा उपचाररत हुनुहुन्छ। चिकित्सकका अनुसार उहाँको उपचार अत्यन्त जटिल र खर्चिलो रहेको हुँदा समयमै आर्थिक सहयोग आवश्यक परेको परिवारजनले बताएका छन्।

उहाँको स्वास्थ्य अवस्थामा सुधार ल्याउन समयमै उपचार जरुरी भएकाले सबै सहयोगी मनहरूमा सहयोगको हार्दिक अपिल गरिएको छ। तपाईंहरूको सानो सहयोगले पनि उहाँको जीवनरक्षामा ठूलो योगदान पुग्नेछ।




📞 नेपालमा सम्पर्क व्यक्ति

भिम बहादुर नेपाली

9840855355 / 9705746750


🏦 सहयोग गर्न सकिने बैंक खाता

Machhapuchhre Bank

Account Name: Nayaram Aauji

Account Number: 0730070568800011


परिवार नगरवासी तथा सम्पूर्ण नेपालीहरूले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबै सहयोगी मनहरूलाई मानवीय धरातलमा हातेमालो गर्न आग्रह गरेका छन्।