मुख्य मेनु (Main Menu)

×
ताजा अपडेट
राष्ट्रिय परिचयपत्र (NID), ई-राहदानी, सातै प्रदेशका लाइसेन्स, लोकसेवा, परीक्षा नतिजा, मेरो सेयर र नागरिक एपका ५०+ प्रत्यक्ष प्रमाणित लिङ्कहरू
गृहपृष्ठ / समाचार तथा विचार

मतदाता प्रति मेरो सन्देश

आजभोलि चुनाव आउनासाथ थुप्रै आकांक्षीहरू “मै संसद्” भन्दै नाम अघि सारेर हिँड्छन्। तर प्रश्न के हो भने—यिनलाई किन भोट दिने?

जनताको जीवनमा के परिवर्तन ल्याइदिए? यिनहरूको स्पष्ट योजना र दीर्घकालीन भिजन के छ?


चुनाव नजिकिँदा मात्रै गाउँमा आएर नमस्कार गर्दै भोट माग्ने पुरानो चलन अब अन्त्य हुनु जरुरी छ।

पहिले जति भयो, भयो—तर अबपछि यस्तै प्रवृति दोहोरिन नदिऊँ।


हामीलाई नेताको भीड होइन, एक सच्चा र जिम्मेवार नेता चाहिएको हो।

गुण भन्दा हैसियत देखाउने, जिम्मेवारी भन्दा शक्ति देखाउने शैली होइन, जनतासँग प्रत्यक्ष रहने, सेवा गर्ने, कामदार बन्ने नेतृत्व आवश्यक छ।


सर्वसम्मतिले, सिंगो क्षेत्रको हितलाई प्राथमिकता दिएका, जहाँ रहे पनि जनतासँगै रहने व्यक्तिलाई अघि बढाउनु पर्ने समय आएको छ।


हामीलाई नेता होइन—जनताको काम गर्ने कामदार चाहिएको छ।

नेतृत्वको जिम्मेवारी बोकेकाहरुले यो कुरा गम्भीरतापूर्वक बुझून्।


नोट: 

मेरो व्यक्तिगत मनको कुरा लेखेको हो र सबलाई चाहिएको पनि यही हो ।

गृहपृष्ठ
पहुँच योग्यता (Accessibility Tools)
Text Size
Contrast