मुख्य मेनु (Main Menu)

×
ताजा अपडेट
राष्ट्रिय परिचयपत्र (NID), ई-राहदानी, सातै प्रदेशका लाइसेन्स, लोकसेवा, परीक्षा नतिजा, मेरो सेयर र नागरिक एपका ५०+ प्रत्यक्ष प्रमाणित लिङ्कहरू
गृहपृष्ठ / समाचार तथा विचार

अछाममा १६ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि साँफेबगर नगरपालिकालाई

अछाम: अछामको पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट खेलकुद प्रतियोगिता–२०८१ को उपाधि साँफेबगर नगरपालिकाले जितेको छ। जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगिताको अन्तिम नतिजा अनुसार साँफेबगरले सर्वाधिक स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गरेको हो।


आयोजक पञ्चदेवल विनायक नगरपालिकाको खेलमैदानमा भएको प्रतिस्पर्धामा साँफेबगर नगरपालिकाले १६ स्वर्ण, ५ रजत र ७ कास्य गरी कुल २८ पदक हात पार्दै उत्कृष्ट प्रदर्शन गरेको छ।

प्रतियोगिताको मुख्य नतिजा:
प्रथम (विजेता): साँफेबगर नगरपालिका (१६ स्वर्ण, ५ रजत, ७ कास्य - जम्मा २८ पदक)

द्वितीय (उपविजेता): मंगलसेन नगरपालिका (८ स्वर्ण, १३ रजत, ३ कास्य - जम्मा २४ पदक)

तृतीय: पञ्चदेवल विनायक नगरपालिका (५ स्वर्ण, ६ रजत, ६ कास्य - जम्मा १७ पदक)

प्रतियोगितामा रामारोशन गाउँपालिका र कमलबजार नगरपालिकाले ३/३ स्वर्ण पदक जितेका छन्। घरेलु मैदानमा खेलेको आयोजक पञ्चदेवल विनायक नगरपालिकाले ५ स्वर्णसहित तेस्रो स्थानमा चित्त बुझाएको छ। बान्नीगढी जयगढ गाउँपालिका भने यस पटक पदकविहीन बनेको छ।

१६ औं राष्ट्रपति रनिङ शिल्ड - अन्तिम नतिजा विवरण

१. साँफेबगर नगरपालिका (प्रथम)
स्वर्ण: १६ | रजत: ५ | कास्य: ७ | (जम्मा: २८)
२. मंगलसेन नगरपालिका (द्वितीय)
स्वर्ण: ८ | रजत: १३ | कास्य: ३ | (जम्मा: २४)
३. पञ्चदेवल विनायक नगरपालिका (तृतीय)
स्वर्ण: ५ | रजत: ६ | कास्य: ६ | (जम्मा: १७)
४. रामारोशन गाउँपालिका
स्वर्ण: ३ | रजत: १ | कास्य: २ | (जम्मा: ६)
५. कमलबजार नगरपालिका
स्वर्ण: ३ | रजत: ० | कास्य: ३ | (जम्मा: ६)
६. चौरपाटी गाउँपालिका
स्वर्ण: २ | रजत: ३ | कास्य: २ | (जम्मा: ७)
७. तुर्माखाँद गाउँपालिका
स्वर्ण: १ | रजत: १ | कास्य: ३ | (जम्मा: ५)
८. ढकारी गाउँपालिका
स्वर्ण: ० | रजत: १ | कास्य: २ | (जम्मा: ३)
९. मेल्लेख गाउँपालिका
स्वर्ण: ० | रजत: २ | कास्य: १ | (जम्मा: ३)
१०. बान्नीगढी जयगढ गाउँपालिका
स्वर्ण: ० | रजत: ० | कास्य: ० | (जम्मा: ०)
कुल पदक संख्या:
स्वर्ण: ३८ | रजत: ३२ | कास्य: २९ | जम्मा: ९९

पञ्चदेवल विनायकमा भव्यताका साथ सम्पन्न भएको प्रतियोगिताबाट छनौट भएका उत्कृष्ट खेलाडीहरूले अब प्रदेश स्तरीय प्रतियोगितामा अछाम जिल्लाको प्रतिनिधित्व गर्नेछन् । 

गृहपृष्ठ
पहुँच योग्यता (Accessibility Tools)
Text Size
Contrast