मुख्य मेनु (Main Menu)

×
ताजा अपडेट
केन्द्रीय लोकसेवा (psc.gov.np), सातै प्रदेशका दरखास्त, राष्ट्रिय परिचयपत्र (NID), ई-राहदानी, सवारी लाइसेन्स, परीक्षा नतिजा, मेरो सेयर तथा विदेशी मुद्रा विनिमय दरका प्रमाणित लिङ्कहरू
गृहपृष्ठ / समाचार तथा विचार

अछाममा कांग्रेसलाई ठूलो झट्का : मेयरकै गृहपालिकामा प्रभावशाली नेतासहित दर्जनौं कार्यकर्ता रास्वपामा प्रवेश

अछाम :
नेपाली कांग्रेसको बलियो पकड मानिने अछामको पञ्चदेवल विनायक नगरपालिकामा पार्टीलाई ठूलो झट्का लागेको छ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री एवं सोही नगरपालिकाकी मेयर अम्बिका चलाउनेकै गृहपालिकामा कांग्रेसका दर्जनौँ प्रभावशाली नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

रास्वपाले विनायकमा आयोजना गरेको बृहत् भेलामा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिका प्रत्यासी तथा प्रभावशाली नेता टंक धामीको नेतृत्वमा दर्जनौँ नेता–कार्यकर्ता रास्वपामा समाहित भएका हुन्।

आफ्नो गढ मानिएको क्षेत्र र आफ्नै गृहपालिकामा शीर्ष स्थानीय नेताहरूले नै सामूहिक रूपमा साथ छाडेपछि मेयर अम्बिका चलाउने राजनीतिक रूपमा एक्लिन थालेको विपक्षीहरूको विश्लेषण छ। यसले कांग्रेसको स्थानीय संगठनमा तरङ्ग पैदा गरेको छ।

नवप्रवेशीहरूलाई रास्वपाका केन्द्रीय महामन्त्री भूपदेव शाहले पार्टीमा स्वागत गरेका थिए। सो क्रममा बोल्दै महामन्त्री शाहले पुराना राजनीतिक दलहरूको अकर्मण्यता र जनताप्रतिको उदासीनताका कारण नागरिकहरू आजित भएको बताए। उनले अबको भरपर्दो वैकल्पिक शक्ति रास्वपा नै भएको दाबी गर्दै जनताको आकर्षण र विश्वास बढिरहेको जिकिर गरे।

विनायकमा सम्पन्न उक्त विस्तारित भेलामा नेपाली कांग्रेसका मात्र नभई अन्य विभिन्न राजनीतिक दल सम्बद्ध थुप्रै स्थानीय नेता तथा कार्यकर्ताहरू पनि रास्वपामा जोडिएका छन्।

स्थानीय चुनाव नजिकिँदै गरेको अवस्थामा प्रमुख दलका हस्तीहरूले नै यसरी पार्टी परिवर्तन गर्नुलाई अछामको समग्र राजनीतिमा अर्थपूर्ण र चासोको रूपमा हेरिएको छ।
गृहपृष्ठ
डिजिटल पहुँच उपकरण (Accessibility Suite)
फन्ट बढाउनुहोस् (A+)
फन्ट घटाउनुहोस् (A-)
कन्ट्रास्ट (Contrast)
इन्भर्ट / डार्क (Invert)
कालो-सेतो (B & W)
स्पष्ट फन्ट (Readable)
लाइन दूरी बढाउने
रीडिङ रुलर (Guide)