जबसम्म संवैधानिक निकायहरूमा राजनीतिक भागबन्डा चल्छ र नेताका गोजीका मान्छेहरू न्यायको कुर्सीमा बस्छन्, तबसम्म साधारण जनताले न्याय र सुशासनको आशा गर्नु बेकार छ। पात्र फेरिएर मात्र केही हुँदैन, अब त प्रवृत्ति र पद्धति नै फेर्नुपर्ने बेला आएको छ।
एक सचेत नागरिकको रूपमा मेरो धारणा:
१. बाटो र पुलको आश्वासन देखाएर भोट माग्ने 'ललिपप' राजनीतिलाई अब तिरस्कार गरौँ।
२. सिस्टममा लागेको यो 'भाइरस' सफा गर्ने आँट र योजना भएको नेतृत्वलाई मात्र साथ दिऊँ।
३. संविधान र कानुनमा भएका ती प्वालहरू टाल्ने संकल्प गरौँ, जसले गर्दा कोही पनि कानुन भन्दा माथि हुन नसकोस्।
मैले त आफ्नो धारणा बनाएँ, अब हामी सबै सचेत हुने पालो आएको छ। के तपाईँलाई पनि लाग्दैन कि अब अनुहार होइन, व्यवस्था नै सुधार्ने तिर लाग्नुपर्छ?