अछामको विनायकमा स्थानीय युवा कमल राज अधिकारीद्वारा ‘सुशान्त बिजुली भण्डार’ सञ्चालन, युवालाई स्वदेशमै केही गर्न प्रेरणा

Back to Home
Advertisement Area

विनायक, अछाम — विदेश जाने लहरका बीच देशमै केही गर्छु भन्ने दृढ अठोट बोकेका अछामका स्थानीय युवा कमल राज अधिकारी (सुशान्त) ले पञ्चदेवल विनायक नगरपालिका–३, विनायक बजारमा सुशान्त बिजुली भण्डार सञ्चालनमा ल्याउनु भएको छ।


स्थानीय बजारमै गुणस्तरीय र भरपर्दो विद्युतीय सेवा दिने उद्देश्यले खोलिएको पसलमा घर वायरिङका लागि चाहिने सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन्।

यहाँ के-के पाइन्छ ?

दक्ष प्राविधिकबाट घर वायरिङ सेवा, हिटर, MCB / सर्किट ब्रेकर, स्विच / स्विचबोर्ड, LED बल्ब, सबै प्रकारका तार / वायर लगायत सम्पूर्ण विद्युतीय सामग्रीहरूको थोक तथा खुद्रा बिक्री र जडान तथा मर्मत सेवा।


विशेष सुविधा - समय-समयमा अफर !

ग्राहकवर्गको हितलाई ध्यानमा राखेर पसलले चाडपर्व र विशेष सिजनमा विशेष छुट र अफर सुविधा पनि दिँदै आएको छ।


यो केवल एउटा पसल मात्र नभई स्थानीय युवाले स्थानीयमै रोजगारी सिर्जना गर्न सक्छन् भन्ने हिम्मत र उदाहरण पनि हो। देशमै केही गर्छु भनेर लाग्नुभएका युवा उद्यमी अधिकारीलाई सबैले साथ र हौसला दिन जरुरी छ।


सम्पर्क:

सुशान्त बिजुली भण्डार, प.बि.न.पा. ३, विनायक बजार, अछाम

सञ्चालक: कमल राज अधिकारी (सुशान्त)

📞 9748742991 - कल / व्हाट्सएप 

Advertisement Area