कालाशिल्ला देवताको इतिहास: इतिहास जानकारहरुका अनुसार "तत्कालिन शासकहरुद्वारा पटक-पटक लिइएको अग्नि परीक्षामा सफल श्री मष्टा कालाशील्ला, गुठी देवतालाई सत्यता, अमरवाणी र विश्वसनीय शक्तिले युक्त देवताको रुपमा लिइन्छ।" १४औं शताब्दीको पूर्वसन्ध्यामा अछामको विमकोट क्षेत्रमा निरौला भण्डारीहरु बसोबास गर्थे। त्यस क्षेत्रका राजा विमकोटे थिए। निरौला भण्डारीको बारीमा लटरम्म आरु फलेका थिए। लटरम्म फलेका आरु विमकोटे राजाका छोराले झारी दिएका थिए। आरु झारेको रिसमा बाजे अमर भण्डारीले धनुषवाण प्रयोग गरि राजकुमारको आँखा फुटाई दिएका थिए। छोराको आँखा फुटी सकेपछि रिसले चुर भई निरौला भण्डारीहरुको खोजी खोजी हत्या गरे। उक्त घटनामा एक जना गर्भवती बज्यै बाँच्न सफल भइन् । उनी ज्यान जोगाउन भागेर छबीस क्षेत्र हुँदै विनायक स्थित कवरसैनमा बस्न पुगिन् । जब राजाले यसको सुइँको पाए, उनले आफ्ना सेनाहरु खटाएर खोजी कार्य तिव्र पारे। कतै नभेटाउँदा अन्तिममा एकजना हुड्केलाई बज्यैको खोजी गर्न पठाए । हुड्के खोज्दै बज्यैको घरमा आइपुग्दा बज्यैले उनलाई एक मुठी मोतिका दाना भिक्षा दिइन् । हुड्केबाट यो मोतिका दाना दिने महि...