यस वर्ष लाग्ने अछामको माष्टामाण्डौँ मेला भव्य रूपमा सम्पन्न हुने, हजारौं भक्तजन सहभागिताको अपेक्षा

Back to Home
Advertisement Area




अछाम विनायक: अछामको पूर्वी क्षेत्रमा पर्ने पञ्चदेवल विनायक नगरपालिका वडा नं २ मा अवस्थित ऐतिहासिक तथा धार्मिक मष्टामाणु मेला यस वर्ष विशेष रूपमा भव्य र उल्लासपूर्ण हुने भएको छ।


‎साउन शुक्ल चतुर्दशी पूर्णिमाको दिन लाग्ने यो मेला धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। हरेक वर्ष हजारौँ श्रद्धालुहरूले देवताको दर्शन, पूजाआजा र मेलामा सहभागिता जनाउने गर्छन्।
‎यस वर्ष मेलामा कालाशिल्ला देवतालाई विशेष रूपमा बिससयको भोग स्वरूप १ सय २० भन्दा बढी बोकाको बलि दिने तयारी गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ। देवताहरूमा मुख्य मानिने कालाशिल्ला देवता यस वर्ष पाँचौँ पटक भोग ग्रहण गर्न लागेका हो। देवताका धामी शेर बहादुर यस अवसरमा धार्मिक अनुष्ठानमा नेतृत्व गर्ने छन्।
‎मेला व्यवस्थापन समितिका अनुसार यस वर्ष करिब १० हजारभन्दा बढी श्रद्धालु भक्तजनको उपस्थितिहुने अनुमान गरिएको छ। श्रद्धालुको भीड र धार्मिक गतिविधिहरूलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था पनि निकै कडाइका साथ मिलाइने भएको छ।
‎मेला नजिकिँदै गर्दा अछामको प्रमुख व्यापारिक केन्द्र विनायक बजारमा समेत चहलपहल बढेको देखिन्छ। स्थानीय व्यापारी, होटेल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन्।
‎धार्मिक आस्था, परम्परा र संस्कृति झल्किने मष्टामाण्डौँ मेला अछामको मात्र नभई सुदूरपश्चिम प्रदेशकै गौरवमय सांस्कृतिक सम्पदा रुपमा मानिन्छ।
Advertisement Area