आर्थिक अभावका कारण दृष्टि गुम्ने जोखिममा अछामका प्रकाश धामी 🙏

Back to Home
Advertisement Area
अछाम पञ्चदेवल विनायक–२ का प्रकाश धामी करिब ४ वर्षअघि रुखबाट खस्दा आँखामा गम्भीर चोट लागेपछि एउटा आँखा गुमाउन बाध्य हुनुभयो। उपचारका क्रममा ठूलो खर्च लाग्यो र ऋणसमेत लिनुपर्‍यो, जुन अझै तिर्न बाँकी छ।

दुःखद रूपमा, अहिले बाँकी रहेको एउटा आँखामा पनि गम्भीर समस्या देखिएको छ। डाक्टरका अनुसार थप उपचारका लागि ७ लाख रुपैयाँभन्दा बढी खर्च लाग्नेछ। कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न उहाँलाई अत्यन्त कठिन भएको छ।

समयमै उपचार नहुँदा पूर्ण रूपमा दृष्टि गुम्ने जोखिम रहेकाले सबै मनकारी दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्दो सहयोग गरिदिन हार्दिक अपिल गर्दछौं।
तपाईंको सानो सहयोगले ठूलो आशा जगाउन सक्छ।

📞 सम्पर्क:
धिरेन्द्र सञ्ज्याल: ९७४६५२९८६३
प्रकाश धामी: ९७६१७३४००३
हेमन्त घामी: ९७६८९५३३०९

🏦 NIC Asia Bank
खाता नं: 0415753390604001

🙏 सहयोगका लागि धन्यवाद।
कृपया यो पोस्ट share गरेर सहयोग पुर्‍याइदिनुहोस्।
Advertisement Area