समाजमा शान्ति, सद्भाव र संयमका लागि एक अपिल

Back to Home
Advertisement Area

हामी सबै एकै नगर, एकै समाज र एकै परिवारका दाजुभाइ तथा दिदीबहिनी हौं। आपसमा वादविवाद, झैझगडा र तिक्तता बढाउँदा हाम्रो आफ्नै घर र समाज कमजोर हुन्छ भन्ने कुरा हामीले कहिले बिर्सनु हुँदैन।

राजनीति र वैचारिक दृष्टिकोण आ-आफ्नो ठाउँमा होला, तर राजनीतिक खिचातानीका पछि लागेर आफ्नै दाजुभाइबीच मनमुटाव गर्नु र समाजको वातावरण धमिल्याउनु बुद्धिमानी होइन। नेताहरूले आफ्नो राजनीति गर्नेछन्, उनीहरूका आन्तरिक वा बाह्य कार्यक्रमहरू पनि होला, तर त्यसको असर हामी आम नागरिकको आपसी सम्बन्धमा पर्न दिनु हुँदैन।

हामीले आफ्नो शक्ति र विवेक देखाउने सही समय चुनावको बेला हो। त्यसबेला कुनै आवेश वा प्रलोभनमा नपरी, सही र योग्य नेतृत्व छानेर आफ्नो मताधिकार प्रयोग गर्नु नै नागरिकको वास्तविक दायित्व हो। चुनावको बेला संयम र विवेक गुमाउने अनि अहिले अनावश्यक रूपमा आपस-आपसमा लडिरहने प्रवृत्तिले हाम्रो आफ्नै नगरको प्रतिष्ठा र अन्तर्राष्ट्रिय छविमा समेत आँच पुर्‍याइरहेको छ।

त्यसैले, अब हामी सबैले यो बेकारको रैलो र झैझगडा बन्द गरौं। आवेशमा होइन, शान्ति, संयम र आपसी सद्भावमा विश्वास राखौं। हाम्रो नगरको शान्ति, समृद्धि र इज्जत हामी आफ्नै हातमा छ। आउनुहोस्, आपसी मनमुटाव बिर्सिएर एकताबद्ध बनौं र हाम्रो समाजलाई शान्त, सुरक्षित र नमुनायोग्य बनाऔं।
Advertisement Area