कुइकाबाट कमलबजार जाँदै गरेको सु.प.प्र. ०१-००१ ह ८४४० नम्बरको अटो सडकबाट करिब ५० मिटर तल खसेको हो। दुर्घटनामा कमलबजार नगरपालिका वडा नं. ५ का केशवराज उपाध्याय, बेला भण्डारी र अमृता भण्डारी घाइते भएका छन्।
घाइतेमध्ये बेला भण्डारीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख तथा प्रहरी निरीक्षक सरोज कुमार कैलाले जानकारी दिनुभएको छ। घाइते तीनै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल मंगलसैन लगिएको छ।
अटोमा सवार अन्य एक जना यात्री र चालक सकुशल रहेका छन् भने चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।